आदरणीय अभिभावकज्यू,
यस लकडाउनको विषम परिस्थितिमा, यहाहरु सम्पूर्ण कुशल मंगल हुनुहुन्छ होला भन्ने आशा गरेका छौं । यो समयमा पक्कै यहाँहरुले केही सृजनात्मक क्रियाकलापहरुमा आफू पनि सम्मिलित हुनुभएको छ र परिवारका साथ बस्न मिलेको यो अभूतपूर्व अवसरलाई पूर्ण रुपमा सदुपयोग गर्नुभएको छ र हजुरहरुले बाबुनानीलाई अत्यन्तै नजिकबाट र सूक्ष्म रुपले नियाल्नु भएको छ र उनीहरुलाई थप बुझ्ने मौका पाउनु भएको छ भन्ने पनि बिस्वास् गरेका छौं ।
यस लकडाउनको समयमा हामीले विभिन्न खालका परियोजना कार्यहरु विद्यार्थीहरुको सिकाईका लागि पठाउँदै छौं , यसका लागि हजुरहरुले आफ्नो मोबाइलमा भाइबर प्रयोग गरि आफ्नो कक्षा शिक्षक सँग नियमित सम्पर्कमा रहनुहुन अनुरोध गर्दछौं ।
सबैजना सुरक्षित रहनुहोला .
धन्यवाद ।